२०८२ कार्तिक ११ गते, मंगलवार ०८:३३

सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान

फाईल फोटो

काठमाडौं –

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनीसँगै उनकी पत्नी सांसद डॉ. आरजु राणा देउवा पनि साथमा सिंगापुर गएकी छन् ।

देउवा भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीद्वारा कुटपिटमा परी घाइते भएका थिए । त्यसपछि उनको उपचार नेपाली सेनाको अस्पताल छाउनीमा हुँदै आएको थियो ।

तर चिकित्सकको सिफारिसमा थप उपचार आवश्यक ठहर भएपछि देउवा दम्पती गएराती ११ बजेको विमानमार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।

कांग्रेसका शीर्ष नेताहरूले देउवाको स्वास्थ्य लाभको कामना गर्दै शीघ्र स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गरेका छन् ।

पोडकास्ट सुन्नुहोस