२०८२ चैत्र २३ गते, सोमबार ०८:०८

जनकपुरमा सामाचकेवा महोत्सव सम्पन्न

जनकपुर –

जनकपुरमा सामाचकेवा महोत्सव २०८२ जनकपुरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।

आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ मिथिला संस्कृतिको अमूल्य धरोहर रहेकोमा जोड दिए ।

सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा मनाईन्छ । यो पर्वले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ ।
महोत्सवमा जानकी मन्दिरका महन्थ, जनकपुरधामका समाजसेवी, बुद्धिजिवी, साहित्यकार, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारीसहित जनकपुरवासीको भव्य उपस्थिती रहेको थियो ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस