२०८२ कार्तिक २१ गते, शुक्रबार १७:४४

वैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा वेश भन्ने वादविवाद प्रतियोगिता सम्पन्न

वीरगन्ज-
वीरगन्ज–११ स्थित हरि खेतान बहुमुखी क्याम्पसमा शुक्रबार “वैज्ञानिक शिक्षा भन्दा नैतिक शिक्षा वेश” भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा क्याम्पस तथा विद्यालयका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत शिक्षा, विज्ञान, कानून र व्यवस्थापन संकायका विद्यार्थीहरू गरी जम्मा ३८ जना विद्यार्थीहरू सहभागी भएका थिए।

कार्यक्रम बिहान र दिउँसो गरी दुई सत्रमा सम्पन्न गरिएको थियो।
बिहानको सत्र सञ्चालनमा समेन्द्र यादव र  सुनिल यादवले सहयोग पुर्‍याएका थिए भने निर्णायक मण्डलमा कविराज सुवेदी (नेपाली विषय) र श्रीमती निलम साह (अंग्रेजी विषय) रहेका थिए।

त्यसैगरी दिउँसोको सत्रमा  मुस्तुफा अन्सारी, श्रीमती बर्जित कौर,  समरेन्द्र यादव, र  दिलीप प्रजापतिले सञ्चालन सहयोग गरेका थिए भने निर्णायक मण्डलमा श्रीमती निलम साह (अंग्रेजी विषय) र श्रीमती रंजना घिमिरे (नेपाली विषय) रहेका थिए।

पोडकास्ट सुन्नुहोस