काठमाडौँ –
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सोमबार बिहान मुख्यमन्त्रीको रूपमा शपथ गराएकी छन्।
उपचारका लागि काठमाडौं जाँदै गरेकी प्रदेश प्रमुख भण्डारीले बाटोमा नै — सिन्धुलीस्थित एक होटलमा — यादवलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री बनेका हुन्।
यसअघि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले होटलमै शपथ खुवाइएको घटनालाई मधेश प्रदेशको “अस्मिता माथिको प्रहार” भनेका छन्। उनले भने, “प्रदेश प्रमुखले मधेशको जनताको आत्मसम्मान होटलमै समाप्त पारिन्। यो मधेशका जनतासँग गरिएको ठुलो धोका हो।”
शपथपछि मुख्यमन्त्री यादवले निकट भविष्यमै मन्त्रिपरिषद् गठन गर्ने तयारी थालेका छन्।
Post Views: 135














