२०८२ कार्तिक ३० गते, आईतवार २०:१६

अन्तर्राष्ट्रिय एकाउन्टिङ दिवसमा त्रिजुद्ध मावि, वीरगन्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगन्ज-

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) वीरगन्ज शाखाको आयोजनामा आज (सोमबार )अन्तर्राष्ट्रिय एकाउन्टिङ दिवसको अवसरमा त्रिजुद्ध माध्यमिक विद्यालय, वीरगन्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमका सभापति सिए सतिश पाण्डे रहेका थिए भने प्रमुख अतिथि त्रिजुद्ध माविका प्रधानाध्यापक नवीन मिश्र रहेका थिए । अतिथिहरुमा सिए गोविन्द गुप्ता, सिए गजेन्द्र साह, आर.ए. प्रदुम्न सेढाई, मनोज श्रीवास्तव र दिनानाथ रौनियार सहभागी थिए ।

प्रतियोगितामा १० विद्यालयका २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । निर्णायक मण्डलमा वरिष्ठ प्राध्यापक इन्दुशेषर मिश्र संयोजक तथा सिए गणेश लालबाबु ठाकुर (अध्यक्ष, एक्यान पर्सा) र गजेन्द्रमान सिंह (अध्यक्ष, अडान पर्सा) सदस्यको रूपमा रहेका थिए ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र अन्य सहभागिलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै निर्णायक मण्डलका सदस्य तथा विद्यालयका प्र.अ. नवीन मिश्रलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शाखाका अधिकृत श्री युवराज ओलीले गरेका थिए ।

पोडकास्ट सुन्नुहोस