बीरगन्ज-
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालअन्तर्गतका चार लायन्स क्लबहरूको संयुक्त आयोजनामा विश्व विज्ञान दिवसको अवसर पारेर स्टेशनरी सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रम श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, विश्वा, बीरगन्जमा आयोजना गरिएको थियो। विद्यालयका शिक्षक टीका खड्काको उपस्थितिमा विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको हो। सो अवसरमा विद्यार्थीहरू अत्यन्त उत्साहित र हर्षित देखिएका थिए।
कार्यक्रमको संयोजन लायन्स क्लब अफ बीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ बीरगन्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स क्लब अफ बीरगन्ज मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, र लायन्स क्लब अफ बीरगन्ज सुप्रीमका अध्यक्ष लायन पीयूष दारुकाको संयुक्त पहलमा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लायन नरोत्तम पाण्डेले गरेका थिए भने प्रमुख अतिथि लायन राम विहारी पाण्डे रहेका थिए। कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।
मुख्य अतिथि लायन राम विहारी पाण्डेले लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सेवा पु–याउँदै आएको बताउँदै विद्यार्थीहरूमा अध्ययनप्रति रुचि जगाउने उद्देश्यले गरिएको यो कार्यक्रम अत्यन्त अर्थपूर्ण भएको बताए।
त्यस्तै, अध्यक्ष लायन नरोत्तम पाण्डेले साना सहयोगले पनि समाजमा ठूलो परिवर्तन सम्भव हुने उल्लेख गर्दै लायन्स क्लबको मूल उद्देश्य नै समाजसेवा भएको बताए।
कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक टीका खड्काले लायन्स क्लबका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै, यस प्रकारको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति अझ उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गरे।














