२०८३ आश्विन २० गते, मंगलवार ०३:३०

अदालतले मेरो नियुक्ति अवैधानिक ठहराए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

जनकपुर-

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् ।

जनकपुरधाममा मंगलबार (आज) पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे त्यो मान्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताएका छन् ।

उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन् ।

मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण आफू स्वयमले नै आग्रह गरेर महोत्तरीको एक होटलमा सपथ ग्रहण गरेको बताए । उनले संविधान भन्दा बाहिर रहेको आफू र आफ्नो पार्टी नेकपा एमालेले कहिले कुनै काम नगरेको पनि दाबी गरे ।

प्रदेश प्रमुखलाई पदमुक्त गर्नुमा अहिलेको नयाँ सरकारले गरेको निर्णय मात्र रहेको र यसमा आफूलाई नजोड्न उनले आग्रह गरे । विभिन्न राजदुतहरुलाई पनि फिर्ता बोलाउने अहिलेको सरकारले गरेको निर्णय आफूलाई केही थाहा नभएको मुख्यमन्त्री यादवले बताए ।

पदभार कहिले ग्रहण गर्ने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत संभार गरी कार्यायल सुचारु गर्ने वातावरण बनाउन आफूले निर्देशन दिएको बताए । उनले कार्यालय व्यवस्थापन हुने वित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउने बताए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस