२०८२ कार्तिक २५ गते, मंगलवार १८:४५

बैंकिङ क्षेत्रमा देखिएका अनियमितताको छानबिन माग गर्दै जेनजी पर्सा समूहद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वीरगन्ज-
जेनजी पर्सा समूहले बैंकिङ क्षेत्रभित्र देखिएका भनिएका अनियमितता, पदको दुरुपयोग र पारिवारिक प्रभावका विषयमा निष्पक्ष छानबिनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र बुझाएको छ।

समूहले प्रभु बैंक (पूर्व सेन्चुरी बैंक) भित्र राजनीतिक पहुँच र पारिवारिक प्रभावका कारण अस्वाभाविक कर्जा स्वीकृति र पदोन्नति प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ। साथै, कर्जा नतिर्ने उद्देश्यले पारिवारिक सम्बन्ध तोडिएकोजस्ता घटनाले आर्थिक नैतिकता र जवाफदेहितामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा पाँच बुँदे माग राखिएको छ —
१️.स्वतन्त्र छानबिन समिति गठन गर्न,
२️⃣. बैंकका कर्जा फाइल र निर्णय सार्वजनिक गर्न,
३️.राजनीतिक र पारिवारिक दबाब अन्त्य गर्न,
४️.दोषीमाथि कानुनी कारबाही गर्न, र
५️.सर्वसाधारण ग्राहकका हकहितको रक्षा गर्न।

ज्ञापनपत्र बुझाउने क्रममा जेनजी समूहका प्रतिनिधिहरूले भने,
“बैंक र वित्तीय संस्था जनताको विश्वासमा टिकेका निकाय हुन्। त्यहाँ हुने अनियमितता र पहुँचको दुरुपयोगले सार्वजनिक आस्थामाथि ठेस पुर्‍याउँछ, त्यसैले निष्पक्ष छानबिन आवश्यक छ।”

प्रमुख जिल्ला अधिकारी दहालले ज्ञापनपत्र ग्रहण गर्दै उक्त विषयमा आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

वीरगन्जमा सात दलको विरोध प्रदर्शन, असंवैधानिक मुख्यमन्त्री खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेताहरूको उद्घोष

वीरगन्ज- मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको असंवैधानिक मुख्यमन्त्री

बैंकिङ क्षेत्रमा देखिएका अनियमितताको छानबिन माग गर्दै जेनजी पर्सा समूहद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वीरगन्ज- जेनजी पर्सा समूहले बैंकिङ क्षेत्रभित्र देखिएका भनिएका अनियमितता, पदको

पोडकास्ट सुन्नुहोस