२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

मधेश प्रदेशमा एमालेको मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध, आज शान्तिपूर्ण आन्दोलनको घोषणा

जनकपुर- 

मधेश प्रदेशमा नेकपा (एमाले)का सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको विरोधमा सात राजनीतिक दलहरू सडकमा उत्रिएका छन्।

मंगलबार राति संयुक्त विज्ञप्ति जारी गर्दै सात दलले एमालेका मुख्यमन्त्री र मन्त्रीहरूको सार्वजनिक बहिस्कार गर्न, उनीहरूलाई कुनै पनि कार्यक्रम वा सभामा सहभागी नगराउन अपिल गरेका छन्। साथै, बुधबार बिहानदेखि प्रदेशभर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्।

सात दलका नेताहरूले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको आरोप लगाएका छन्। उनका अनुसार संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन हो।

मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्तिको खारेजी माग गर्दै विरोध प्रदर्शन गरेका थिए। उक्त क्रममा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको घटनाको सात दलले तीव्र निन्दा गरेका छन्। उनीहरूले आन्दोलनका क्रममा कुटपिटमा संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग समेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “महोत्तरी र सिन्धुलीको सिमानामा अवस्थित पानस रेस्टुरेन्टमा असंवैधानिक रूपमा गरिएको शपथ ग्रहणको घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अपमान गरेको छ।” सात दलले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रिपरिषदका सदस्यहरूको बहिष्कार र विरोधलाई निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस