२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

जनकपुर-

धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई  धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत सोमबार राती ९ बजे मृतक दासको शव उनको घरबाट ५०० मिटर टाढा फेला परेको थियो । धनुषा प्रहरी पक्राउ परेकी मण्डललाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस