वीरगन्ज –
वडा प्रहरी कार्यालय बिर्ताले सुरक्षा क्षमता अभिवृद्धि तथा आकस्मिक अवस्था व्यवस्थापनका उद्देश्यसहित भिड नियन्त्रण (Crowd Control) अभ्यास सम्पन्न गरेको छ। वीरगन्ज –४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार बिहान सम्पन्न अभ्यासमा प्रहरी जवानदेखि अधिकृत तहसम्मको सहभागिता रहेको थियो।
अभ्यास कार्यक्रम बिर्ता प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। प्रशिक्षण जिम्मेवारी प्रहरी नायब निरीक्षक सुनिल पनेरु तथा प्रहरी सहायक हवल्दार भुपेन्द्र प्रसाद यादवले वहन गरेका थिए।
बिर्ता प्रहरी र मातहत इकाइबाट गरी कुल २७ जना प्रहरीजन अभ्यासमा सहभागी भएका थिए। अभ्यासका दौरान वैज्ञानिक विधिबाट भिड व्यवस्थापन, आकस्मिक घटना प्रतिक्रिया, टोली संचालन प्रक्रिया, सुरक्षा घेरा निर्माण, चुनौतीपूर्ण अवस्था पहिचान तथा सोही अनुसार रणनीति अपनाउने विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
प्रहरीका अनुसार यस्तो अभ्यासले सम्भावित भीड व्यवस्थापन तथा आकस्मिक घटनामा द्रुत, संयमित र प्रभावकारी रूपमा प्रतिक्रिया गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
सुरक्षा निकायले नियमित रूपमा यस्ता तालिम र अभ्यास सञ्चालन गर्न निरन्तरता दिने जनाएको छ।














