२०८२ कार्तिक २९ गते, शनिबार १४:१९

रामगढवा एकता युवा क्लबद्वारा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

वीरगन्ज –
वीरगन्ज महानगरपालिका–२४ स्थित रामगढवा एकता युवा क्लबले आयोजना गरेको खुला रक्तदान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाको उद्देश्यसहित आयोजित कार्यक्रममा कुल ८१ जनाले रक्तदान गरेका छन्।

क्लबका प्रतिनिधि त्रिलोकी पटेलका अनुसार सहभागीमध्ये पुरुष ७५ र महिला ६ जना रहेका थिए। रक्तदातामध्ये नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुश्बु कुमारी, लक्ष्मी कुमारी र रमिता देवीलगायत स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया उपस्थित थिए। त्यस्तै विशिष्ट अतिथि मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक हिरकुमार बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक राजु कार्की, ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल, श्रीपुर प्रहरीका नविन थापा मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम रोशन कुमार कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। अतिथिहरूले नियमित रक्तदानले ज्यान बचाउन ठूलो भूमिका खेल्ने भन्दै क्लबले निरन्तर गर्दै आएको सामाजिक सेवामूलक गतिविधिको प्रशंसा गरेका थिए।

रक्तदान कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी, विद्यार्थी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। क्लबले आगामी दिनमा पनि समाजसेवा र जनहितका कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

पोडकास्ट सुन्नुहोस