२०८३ बैशाख १३ गते, आईतवार १५:३१

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रम अचानक त्रासपूर्ण बनेको छ। ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनर कार्यक्रम चलिरहेकै बेला गोली चलेजस्तो आवाज सुनिएपछि हलमा अफरातफरी मच्चिएको थियो।

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् । शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले

काठमाडौं – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष एवं

72e2e512-b2aa-4710-81ef-2dd6b3064166

मधेशमा राजनीतिक अस्थिरता बीच जनकपुरधामका युवाको माग: “प्रदेशसभा विघटन होस्”

जनकपुरधाम –

मधेश प्रदेशमा पछिल्ला राजनीतिक घटनाक्रमले व्यापक असन्तुष्टि सिर्जना भएको भन्दै जनकपुरधामका युवाहरूले प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न माग गरेका छन्। आइतबार युवाहरूको एक समूहले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग औपचारिक रूपमा राखेका हुन्।

ज्ञापनपत्रमा प्रदेशमा बढ्दै गएको भ्रष्टाचार, बेथिति, राजनीतिक अस्थिरता तथा सत्ता संघर्षले आम जनताको आशा र विश्वास कमजोर भएको उल्लेख गरिएको छ। उनीहरूले पछिल्लो समय देखिएको राजनीतिक गतिविधिले मधेशका नागरिक मात्र होइन, संघीयता स्वयं बदनाम भएको दाबी गरेका छन्।

युवाहरूका अनुसार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि सुरु भएको राजनीतिक तानातान, अविश्वास प्रस्ताव, नेतृत्व विवाद र संवैधानिक प्रश्नहरूले प्रदेश सञ्चालन चरम अव्यवस्थित बनाएको छ।

ज्ञापनपत्रमा उल्लेख छ-“वर्तमान अवस्थामा प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन वा नागरिक सरकारको माध्यमबाट नयाँ निर्वाचनमा जानु नै उपयुक्त हुनेछ।”

युवाहरूले जनतामैत्री शासन, सुशासन र राजनीतिक स्थिरता कायम गर्न सबै दलले आत्मसमिक्षा गर्नुपर्ने पनि आग्रह गरेका छन्।

यसबीच मधेश प्रदेश सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ भने प्रदेशका विभिन्न ठाउँमा दलहरू बीचको ध्रुवीकरण, विरोध प्रदर्शन र राजनीतिक तनाव निरन्तर जारी छ।

पोडकास्ट सुन्नुहोस