२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

सभामुखको निर्णयमा ब्रेक, सर्वोच्चले पाँच सांसदलाई राहत

काठमाडौं –
सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सभामुखलाई आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सभामुख रामचन्द्र मण्डलले गरेकाे निर्णय अस्थायी रूपमा रोक्दै ती सांसदहरूलाई तत्कालीन प्रभावले पदमुक्त घोषणा नगर्न निर्देशन दिएको हो।

गत कात्तिक २७ गते सभामुख मण्डलले जसपा नेपालका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।

यस निर्णयविरुद्ध पाँचै सांसदले संविधानबिपरीत कारबाही गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटको अर्को सुनुवाइ आगामी दिनमा तोकिनेछ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस