२०८२ मंसिर ३ गते, बुधबार ०४:१७

वीरगन्जको सिडियो कार्यालय अगाडि सुन पसलमा छापा

अनुमति विना साइबर क्याफे सञ्चालन– १५ हजार रुपैयाँ जरिवाना

वीरगन्ज-

वीरगन्जमा अनुमति विना साइबर सञ्चालन गरिएको भन्दै एक व्यवसायीलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। गोश्वारा रोडस्थित जिल्ला प्रशासन कार्यालय पर्साको मुख्य गेट नजिकै सञ्चालित रिमझिम गहना पसलमा इन्टरनेटसम्बन्धी व्यवसाय अनुमति विना चलाइएको पाइएको हो।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुक्त अनुगमन टोलीले नियमित अनुगमनका क्रममा गहना पसलमा इन्टरनेटसम्बन्धी व्यापारिक सेवा दिइएको प्रमाण फेला पारेको थियो। अनुगमनका क्रममा सो व्यवसायले आवश्यक अनुमति नलिएको पुष्टि भएपछि कारबाही गरिएको हो।

आन्तरिक राजश्व कार्यालय वीरगन्जका अधिकृत कमल मैनालीका अनुसार, पसल सञ्चालकलाई नियमअनुसार व्यावसायिक अनुमति लिनुपर्ने र तत्काल १५ हजार रुपैयाँ जरिवाना बुझाउन पत्र दिइएको छ।

मैनालीले सबै व्यवसायीलाई कानुनअनुसार दर्ता, करको दायरा तथा अनुमति प्रक्रिया पूरा गर्न आग्रह गर्दै बिना अनुमति सञ्चालन हुने गतिविधिसमेत कडाइका साथ कारबाही गरिने चेतावनी दिए।

प्रशासनले पछिल्लो समय साइबर सुरक्षा, अनलाइन कारोबार र इन्टरनेट सेवा प्रदायक व्यवसायमा अनियमितता बढेपछि निगरानी र नियमित अनुगमनलाई तीव्रता दिएको छ।

पोडकास्ट सुन्नुहोस