२०८२ मंसिर ४ गते, बिहीबार १८:२५

चार सय चौवासिल किलो गाँजा सहित रक्सौलमा दुई जना नेपाली पक्राउ

वीरगन्ज-

वीरगन्जको सिमावर्तीय भारतीय सहर रक्सौलमा ४ सय ४४ किलो ग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन । बि.आर.०६जिए ५००१ नम्बरको भारतीय ट्रकमा गाँजा लोडरी नेपालबाट भारत तर्फ लैजाने क्रममा बुधबार राती १० बजे भारतीय प्रहरीले उक्त परिमाणको गाँजा सहित पर्साको पोखरिया नगरपालिकाको मुलडी निवासी अनवत राउत कुर्मी र सिकन्दर राउत कुर्मीलाई पक्राउ गरेको हो ।

नेपालबाट उक्त नम्बरको ट्रक मा गाँजा भित्रीदै गरेको छ भन्ने पूर्व सुचनाको आधारमा अनुमलत पुसिल कार्यालय रक्सौल र हरैया नाथकाका अधिकारीले रक्सौलनको डंकन चेक नजिकै वाहनलाई रोकी चेकजाँच गर्दा ट्रकमा बनाईको फल्स बटन( गोप्यखण्ड)बाट ३० पोका गाँजा बरामद भएपछि कुर्मीद्वयलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लियएको रक्सौल प्रहरीले जनाएको छ ।

नेपालबाट भारत प्रवेश गरेको भारतीय नम्बरको उक्त ट्रकलाई रोकी चोजाँच गर्दा सुचना अनुसारको लागुऔषध गाँजा बरामद भएपछि ट्रकका चालक अनवत राउत कर्मुी र सहचालक सिकन्दर राउत कुर्मीलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुलिस अनुमंडल कार्यालय रक्सौलनका सुरक्षा अधिकारी मनिष कुमारले जानकारी दिनुभयो। बरामद गरिएको वाहन तथा गाँजालाई प्रहरी कार्यालयमा राखिएको छ भने पक्राउ परेका दुवै जना अभियुक्तमाथि एन.डि.पि.सी एक्टमा मुद्दा चलाउन न्यायिक हिरासदमा पठाइएको उहाँले जानकारी दिनुभयो।

नेपालबाट भारत तर्फ हुने लगुऔषध गाँजा तथा चरेशको तस्करी बढेसंगै सिमाक्षेत्रमा सुरक्षा निगरानीलाई कडा बनाइएको भारतीय सुरक्षकर्मीहरुले बताएका छन् ।

पोडकास्ट सुन्नुहोस