वीरगन्ज-
नेकपा एमाले निकट युवा संघका कार्यकर्तामाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरूले बिहीबार अपराह्न ४ बजेदेखि आन्दोलनलाई स्थगित गरेका छन्।
युवासंघका ८ जना नेता–कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित महेन्द्र राजमार्ग अवरुद्ध गर्दै दिनभर प्रदर्शन गरेका युवाहरूले रातिको समयमा आन्दोलनमा घुसपैठ हुने सम्भावना औंल्याउँदै आन्दोलनलाई शुक्रबार विहान १० बजेसम्मका लागि रोक्ने निर्णय गरेका हुन्।
आन्दोलन स्थगित भएपछि विहानदेखि अवरुद्ध सडक खुल्दा सरकारी तथा निजी सवारीसाधनको आवागमन सहज भएको जनाइएको छ।
बारा, जितपुरसिमराका जेन–जेड युवाहरूले मंगलबार गरेको शान्तिपूर्ण प्रदर्शनमा युवासंघका नेता–कार्यकर्ताले हस्तक्षेप गर्दै आक्रमण गरेको आरोपमा ८ जनाको नाममा किटानी जाहेरी दिइए पनि प्रहरी प्रशासनले उनीहरूलाई पक्राउ नगरेको आरोपमा आन्दोलन जारी रहेको हो।
सिमरामा उत्पन्न परिस्थिति सामान्य बनाउन बाराका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले वार्ताका लागि सदरमुकाम कलैयामा बोलाए पनि, किटानी जाहेरीमा नामभएका व्यक्तिहरू पक्राउ नगरेसम्म वार्तामा नजाने आन्दोलनरत युवाहरूको अडान यथावत् छ।
यसै विच युवाहरुले दिएको किटानी जारीका आधारमा बारा प्रहरीले आज जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. २का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६का वडाध्यक्ष कयमुदिन अंसारीलाई पक्राउ गरेको छ ।
सिमरामा जरी राजमार्गको अवरोध खुलाउन आज दिन भएका दोहरो झडपका क्रममा चार जना युवाहरु घाइतेभएका छन भने केहि सुरक्षकर्मी समेत घाइतेभएका छन् । प्रहरीले गरेको बल प्रयोगका क्रममा सिमरा निवासी लिला हरि साप्कोटा, श्री चौधरी,सन्देश घिमिरे र निशा श्रेष्ठ समान्य घाइते भएका छन् ।














