२०८२ मंसिर ५ गते, शुक्रबार ०८:४६

मधेश प्रदेशमा सत्ता विवाद: निवास खाली गराउन मुख्यमन्त्री यादवको अल्टिमेटम

जनकपुरधाम –

असंवैधानिक र त्रुटिपूर्ण ढंगले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरिएको आरोपकै बीच मधेश प्रदेशमा सात दलीय गठबन्धन सर्वोच्च अदालतको फैसलाको प्रतीक्षामा छ।

यिनै परिस्थितिमा नव–नियुक्त मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्न अल्टिमेटम दिएका छन्। उनले विभिन्न दलका नेता तथा प्रमुख सचेतकहरूलाई निवास खाली गराउन सहयोग पु¥याउन आग्रह गरेका छन्।

मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसँग निवास व्यवस्थासम्बन्धी सहयोग मागेका छन्। सोनारलाई फोनमार्फत सम्पर्क गर्दा प्रतिक्रिया नआएपछि आफूले पार्टी नेतृत्व तहमा जानकारी गराएको यादवले बताएका छन्।

यादव मुख्यमन्त्री बनेको पहिलो दिनदेखि नै निवास खाली गराउन माग राख्दै आएका छन् भने सात दलीय गठबन्धन भने सर्वोच्च अदालतको निर्णय नआएसम्म निवास नछोड्ने अडानमा छ।

यसैबीच, शुक्रबार बिहान दलबलसहित निवास खाली गराउने तयारी भएको स्रोतको दाबी छ।

पोडकास्ट सुन्नुहोस