२०८२ मंसिर ५ गते, शुक्रबार १५:४५

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली

काठमाडौं-

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताउनु भयो । उहाँले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाउनु भयो । .

अध्यक्ष ओलीले भन्नुभयो,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस । शान्तिपूर्ण वातावरण बनाउनुस, हतियार फिर्ता ल्याउनुस अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस