२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५८

मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै होः गगन थापा

काठमाडौं-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताउनुभएको छ ।

केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताउनु भयो । आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताउनु भयो । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि बताउनु भयो । सरकार राजनीतिक दलहरुले निर्वाध रुपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप लगाउनु भयो ।

महामन्त्री थापाले नेपाली काँग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस