२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए

बारा –

 बारामा भएको मतदाता नामावली संकलनमा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन ।

सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता संकलनको कार्य गरेको थियो । असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य मङ्सिर ५ गते अर्थात शुक्रवारबाट सकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार २४ हजार ६ सय ६४ जना नयाँ मतदातामा थपिएका छन  ।

जस मध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९ सय ६२ जना नागरिकताबाट नयाँ मतदाता थपिएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र मार्फत १३ हजार ७ सय २ जना थपिएको उनले जानकारी दिए ।

अब बारामा कुल मतदाताको संख्या ४ लाख ५२ हजार २ सय ४१ जना रहेको उनले उल्लेख गरेका छन । सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको कार्य सकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस