२०८२ चैत्र २३ गते, सोमबार ०२:३२

चार महिनामा १६० करोडको ड्राइफ्रुट्स र ११५ करोडको श्रृंगार सामग्री आयात

वीरगन्ज-
देशका प्रमुख व्यापारिक नाकामध्ये वीरगन्ज नाकाबाट नेपालमा विलासी वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो चार महिनामा सौन्दर्य प्रसाधन (श्रृंगारका सामान), ड्राइफ्रुट्स (मेवा), कपडा तथा सुर्तीजन्य पदार्थको आयात उच्च दरमा बढेको भन्सार तथ्याङ्कले देखाएको छ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा काजु, किसमिसलगायतका ड्राइफ्रुट्सको आयात १४७ प्रतिशत, श्रृंगार सामग्रीको आयात १६ प्रतिशत, र सुर्तीजन्य पदार्थको आयात १२७ प्रतिशत ले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाकाबाट नेपालका लागि ६५ करोड रुपैयाँको ड्राइफ्रुट्स, ९९ करोड को श्रृंगार सामग्री, र ४३ करोड को सुर्तीजन्य पदार्थ आयात भएकोमा चालु आवको सोही अवधिमा क्रमशः १ अर्ब ६० करोड को ड्राइफ्रुट्स, १ अर्ब १५ करोड को सौन्दर्य प्रसाधन र ९८ करोड रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगन्ज भन्सार कार्यालयले गोप्य खबरलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा २० करोड बढी मूल्यको ड्राइफ्रुट्स, ५५ करोड बढी मूल्यको सुर्तीजन्य पदार्थ र १६ करोड बढी मूल्यको श्रृंगार सामग्री आयात भएको छ।

यसबाहेक, पछिल्लो समय भारत तथा तेस्रो मुलुकमा उत्पादन भएका कपडाको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आवको पहिलो चार महिनामा २ अर्ब ५६ करोड मूल्यको कपडा आयात भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ बढी अर्थात् ४ अर्ब २५ करोड को कपडा आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार दशैं–तिहार जस्ता नेपालीको प्रमुख पर्व आर्थिक वर्षको पहिलो चौमासिकमै परेकाले यस समयमा मिठो मसिनो खान र नयाँ लुगा लगाउन जनताले बढी खर्च गर्ने भएकाले आयातकर्ताले विलासी वस्तुको आयात बढाएको हुन सक्ने अनुमान छ।

यसैबीच, वीरगन्ज नाकाबाट नेपालका लागि सबैभन्दा बढी हुने विदेशी मदिरा आयात भने पछिल्लो समय केही घटेको छ। गत आवको पहिलो चार महिनामा १ अर्ब ६४ करोड रुपैयाँको विदेशी मदिरा आयात भएकोमा चालु आवमा २० करोड ले घट्दै १ अर्ब ४४ करोड रुपैयाँको मात्र आयात भएको भन्सार कार्यालयले जनाएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस