२०८२ चैत्र २३ गते, सोमबार ०२:३९

हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

सर्लाही-

महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१-८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ, प्रशंसा–पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरे। इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख जिम्मेवारी सम्हाल्दै हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै आएकी छन् ।

समितिका एक सदस्यका अनुसार, ‘रागनीले उजुरी दर्ता गरेर केवल फाइल सम्हाल्ने काम गरेनन्, उनले पीडितको जीवन फर्काउने अभियान नै चलाइन् ।’

मधेसको साधारण परिवारबाट प्रहरी सेवामा प्रवेश गरेकी रागनीको सफलताले महिलाले चाहेमा नेतृत्व र सेवामा उत्कृष्टता हासिल गर्न सकिने सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यो मान्यता मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हिंसा पीडितको आवाज बनेर काम गर्ने सम्पूर्ण प्रहरीको साझा मेहनत हो ।’

प्रतियोगितामा दोस्रो हुने प्रहरी जवान शान्ता खत्रीले ३० हजार रुपैयाँ र तेस्रो हुने प्रहरी हवलदार उमा तामाङले २० हजार रुपैयाँसहित सम्मान पाए । यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईँलाई जनही १० हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१-८२ मा देशभरका महिला–बालबालिका सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस