२०८२ चैत्र २२ गते, आईतवार २०:१०

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणबारे रामगढवा एकता युवा क्लबको जनजागरण कार्यक्रम सम्पन्न

वीरगन्ज-

वीरगन्ज महानगरपालिका–२४, रामगढवामा एकता युवा क्लबद्वारा सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणबारे जागरणमूलक कार्यक्रम सम्पन्न भएको छ।

क्लबका सदस्यहरूको सक्रियता र जिल्ला ट्राफिक कार्यालय पर्साको प्राविधिक सहकार्यमा गरिएको यस कार्यक्रममा सडक सुरक्षा, सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना तथा दुर्घटना घटाउने उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाको दर तीव्र रूपमा बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दै यसको प्रमुख कारणहरू— गति नियन्त्रणको कमी, नियम उल्लङ्घन, हेल्मेट तथा सीटबेल्ट प्रयोग नगर्ने प्रवृति—बारे सचेत गराए। साथै दुर्घटना न्यूनीकरणका उपायहरू, आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत विधि तथा स्थानीय तहमा ट्राफिक सचेतना अभिवृद्धिका उपायबारेसमेत व्यावहारिक जानकारी दिइयो।

जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी उपरीक्षक युवराज कटवालको मुख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले स्थानीय बासिन्दा, युवाहरू तथा चालक समुदायलाई सडक सुरक्षा सम्बन्धी व्यवहार परिवर्तनमा प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

रामगढवा एकता युवा क्लबको पहलमा आयोजित यस्ता जनचेतनात्मक कार्यक्रमहरू भविष्यमामा नियमितरूपमा निरन्तरता दिनुपर्ने आवश्यकता पनि व्यक्त गरिएको छ। सोको जानकारी एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलले दिएका थिए।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस