२०८२ चैत्र २३ गते, सोमबार ०३:५३

मधेश मुख्यमन्त्री सरोज यादवको कुर्सीमाथि आज फैसला आउने सम्भावना

जनकपुर-

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले (आज ) सोमबार पुनः बहस तोकेको छ।

सो मुद्दामा विपक्षी (मुख्यमन्त्री पक्ष) का तीनजना कानुन व्यवसायीले बहस गर्न बाँकी रहेको छ। उनीहरूको बहस सकेपछि सोही दिन फैसला हुने सम्भावना रहेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए।

सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई नीतिगत तथा दीर्घकालीन असर पार्ने कुनै निर्णय नगर्न निर्देशन दिएको छ। मुद्दालाई अग्राधिकार दिइएको छ।

मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा (३) अनुसार आफू नियुक्त भएको दाबी गरेका छन् भने रिट दायर गर्ने सात दलीय गठबन्धनका सांसदहरूले उपधारा (२) अनुसार बहुमतको दाबी पेश गर्दा पनि प्रदेश प्रमुखले बेवास्ता गरी असंवैधानिक रूपमा यादवलाई नियुक्त गरेको आरोप लगाएका छन्।

दुवै पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिसकेका छन्। (आज) सोमबारको बहसपछि मुद्दाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस