२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

स्व. नरेश सर्राफ पत्रकारिता पुरस्कारबाट युवा पत्रकार आशु सर्राफ सम्मानित

वीरगन्ज-

समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ पत्रकारिता पुरस्कार २०८२ बाट वीरगन्जका युवा संचारकर्मी आशु सर्राफ सम्मानित भएका छन् ।

स्वर्गीय पत्रकार नरेश सर्राफको तेस्रो पुण्यतिथी को अवसर पारेर सोमबार वीरगन्जमा आयोजित समारोहमा पत्रकार आशु सर्राफलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ, पर्साको सभा–कक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले सम्मानित सर्राफलाई फूलमाला र अबिर–टिका लगाउँदै कदरपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरे ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमन को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सञ्जालमा बढ्दै गएको ‘हेट स्पिच’ प्रति गम्भीर चिन्ता व्यक्त गरे ।

“सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग मानिन्छ र यसले आफ्नो भूमिका जिम्मेवार ढंगले निर्वाह पनि गरिरहेको छ । तर, सामाजिक सञ्जालमार्फत धर्म, समुदाय लक्षित द्वेषपूर्ण अभिव्यक्तिहरूको वृद्धि अहिले ठूलो चुनौती बनेको छ,” प्रजिअ दाहालले भने ।

उनका अनुसार सामाजिक सञ्जालमा झूटा, तथ्यहीन समाचार पोस्ट गरी धार्मिक सद्भावमा असर पार्ने प्रयासहरू भइरहेका छन् । यस्ता गतिविधिलाई स्थानीय प्रशासनले नजिकबाट सूक्ष्म निगरानी गरिरहेको र आवश्यक परे कानुनी कारबाहीसमेत गरिएको प्रजिअ दाहालले जानकारी दिए ।

“बस्तुनिष्ठ, तथ्यपरक तथा सत्यमा आधारित समाचारले समाजलाई कहिल्यै हानि गर्दैन । तर, भ्रामक, असत्य तथा चरित्र हत्या गर्ने प्रकृतिका सामग्रीले राष्ट्र र समाजलाई दूरगामी नकारात्मक असर पार्छ,” भन्दै उनले सबै सञ्चारकर्मीलाई भ्रमपूर्ण समाचारबाट सचेत रहन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल लगायतका वक्ताले युवा पत्रकार आशु सर्राफलाई बधाइ तथा शुभकामना व्यक्त गरे ।

वक्ताहरूले सबै सञ्चारकर्मीलाई समाजप्रति उत्तरदायी बनी व्यावसायिक, निष्पक्ष र जनहितमुखी पत्रकारिता गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस