२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस्ः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं –

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिनुभएको छ ।

सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गर्नुभएका व्यक्तिहरुबाट सुझाव लिएर कामगर्नसके कठिन नहुने बताउनु भयो ।

निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताउनु भयो ।

सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस