२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

काठमाडौं –

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

लामो समयदेखि  मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।

अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए । त्यस्तै, ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतोलगायत आर्यघाट पुगेका थिए । साथै, कलाकार र सामाजिक अभियान्ताहरु पनि रामनारायणलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए ।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस