२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर –

नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो ।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।

संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए ।

उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरैपटक गुज्रिएको स्मरण गराए ।

दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूले पनि सहमति दिएको प्रसंग उल्लेख गर्दै संस्थागत स्थायीत्वका लागि सबै दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।

१६ वटा कम्युनिस्ट शक्ति मिलेर नयाँ संरचना तयार गर्नु जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्ने प्रयास भएको उनले बताए । साथै, निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकारले भरपर्दो वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सभामा सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी एकतालाई नेपाली जनताको पहिचान, स्वाधीनता, सामाजिक न्याय र समानुपातिक प्रणालीको सुरक्षासँग जोड्दै समर्थन व्यक्त गरे । उनले कम्युनिष्टहरूको क्रान्तिकारी चरित्र कायम राख्न एकीकरण गरिएको बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतमा कम्युनिष्ट नेतृत्वका सरकार आए पनि जनहितका दीर्घकालीन अपेक्षा पूरा गर्न नसकेको आत्मसमिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत पाए भूमि सुधार, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र रोजगार सृजनामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता संरक्षण र सुदृढीकरणसँगै संविधानका कमजोरी सच्याउन आफ्नो पार्टी दृढ रहेको बताए। नेता डा. भीम रावलले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्ने लक्ष्य दोहो¥याए ।

सभामा कोशका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस