२०८२ चैत्र २३ गते, सोमबार ०३:५६

हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

हेटौँडा –

हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।

सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।

आन्दोलनकारीहरूले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीहरूले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूलाई पनि एकताको बल देखाई सटर बन्द गरेर सडकमा उत्रिन आग्रह गरिएको छ ।

आन्दोलनकारी व्यवसायीहरूको भनाइमा, ‘हेटांैडाको भविष्य सुरक्षित राख्न, न्यायपूर्ण मुआब्जा प्राप्त गर्न र मनपरी निर्णय रोक्न सबै प्रभावितले एउटै आवाज उठाउनुपर्ने आवश्यकता छ । आजको आन्दोलन हामी सबैको अधिकारको रक्षा गर्न हो, केहीको लागि मात्र होइन ।’

सडक विस्तारको प्रक्रियामा पारदर्शिता अभाव, मुआब्जा निर्धारणमा स्पष्टता नहुनु र सरोकारवालाको आवाजलाई बेवास्ता गरिएको आरोपसहित व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यसैबीच, हेटौडा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले भने कानूनी प्रक्रिया अनुसारै काम अघि बढाइने फेरि दोहोर्याएका छन् ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस