२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

दश किलो ग्राम चरेश सहित मियाँ र १०४ किलो गाँजा सहित स्याङ्तानद्वय पक्राउ

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगन्जको प्रतिमा चौकबाट  १० किलो ग्राम चरेश सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नं. १५ प्रतिमा चौकबाट प्रहरीले उक्त परिमणको प्रतिबन्धित  लागुऔषध चरेश सहित पर्साको धोवनि गाँउपालिका वडा नं. ५ निवासी वर्ष ४५का सम्सुल मियाँलाई पक्राउ गरेको हो ।
विहान १० बजेको समयमा चोकमा कालो पलास्टिको झोला बोकी संकास्पद रुपमा हिडडुुल गरेका सम्सुलमाथि संकालागि चेकजाँच गर्दा झोला भित्रबाट प्रतिबन्धित लागुऔषध चरेश बरामद भएपछि उनलाई आवस्यक अनुसंधानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका मियाँलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवस्यक अनुसन्धान भइरहेको  उहाँले बताउनुभयो।
त्यसै पर्साको पटेर्वा सुगौली गाँउपालिकाको वडा नं. २ रंगपुर चोकबाट प्रहरीले १०४ किलो ग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहितक दुई जना व्यक्तिलाई सोमबार दिउसो पक्राउ गरेको छ ।
मकवानपुरबाट बि. ए.बि ९३९८ नम्बरको कारमा  लोड गरेको गाँजा जिल्लाको ग्रामिणभेग तर्फ लैजाने क्रममा रंगपुर बजार चोकबाट प्रहरीले मकवानपुर निवासी २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको सुचना अधिकारी कार्कीले जानकारी दिनुभयो।

मकवापुरमा लोड गरिएको गाँजा पर्सा जिल्लाको ग्रामिण भेग तर्फ जाँदै गरेको पूर्व सुचनाको आधारमा कारवाही गर्दा कारमा लुकाई राखिएको १० पोका गाँजा सहित मकवान पुर भिमफेदि गाँउपालिका वडा नं. ८ महाविर टोल निवासी वर्ष ३२का भिम स्याङ्तान र मकवानपुर गढी गाँउपालका वडा नं. १  आपटार निवासी वर्ष ३८का कुमार स्याङ्तानलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
गाँजा तथा चरेश सहित पक्राउ परेका तीनै जना अभियुक्तमाथि लागुऔषध सम्बिन्धत कसुरमा मुद्दा चलाउने तयारी भएको सुचना अधिकारी कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस