२०८२ चैत्र २३ गते, सोमबार ०२:२२

अब सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्छः अध्यक्ष कृष्णप्रसाद यादव

वीरगन्ज-

मधेस प्रदेशमा फेरि नयाँ सरकार गठन गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल सुरु भएको छ। सोमबार सर्वोच्च अदालतले मुख्य मन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनले बहुमत नपाउने निश्चित भएको आकलन गर्दै दलहरू नयाँ सत्ता समीकरणमा सक्रिय भएका हुन्।

मधेस प्रदेशसभा सदस्य ७३ जनाले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार साँझ ८ बजे फैसला सुनाएको थियो। सो आदेशको समयसीमा आज साँझ ८ बजे सकिँदै गर्दा पनि मुख्य मन्त्री यादवले विश्वासको मतका लागि कुनै तयारी अघि नबढाएको देखिन्छ।

उता, सात दलिय गठबन्धनका नेताहरू नयाँ सरकार गठनको तयारीमा रहेका बेला नेपाली कांग्रेस मधेस प्रदेश अध्यक्ष तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले दोस्रो ठूलो दलको हैसियतले कांग्रेसलाई नै नेतृत्व दिनुपर्ने धारणा व्यक्त गरेका छन्। गोप्यखबरसँग कुरा गर्दै उनले गठबन्धनमै पनि कांग्रेस सबैभन्दा ठूलो दल भएकाले नयाँ सरकार कांग्रेस नेतृत्वमा बन्नु स्वाभाविक भएको बताए।

“सबै दलले सरकारको नेतृत्व गरिसके, अब पालो कांग्रेसको हो,” उनले भने, “कांग्रेस नेतृत्वमा सरकार बने स्थायित्व आउनेछ र आम मधेसी जनताका लागि प्रभावकारी काम हुन सक्छ।”

यादवले एमाले नेतृत्वको गठबन्धनले ‘गठबन्धन धर्म’ नअपनाएकै कारण मुख्य मन्त्री सरोज यादवको सरकार टिक्न नसकेको टिप्पणी गरे। उनले कांग्रेस सधैं गठबन्धन धर्म पालनामा जिम्मेवार पार्टी भएकाले अब नेतृत्व कांग्रेसले पाउनु पर्ने तर्क गरे।

सात दलिय गठबन्धनमा हाल नेपाली कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, नेकपा माओवादीका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ जना सांसद रहेका छन्।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस