२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

भोली विश्वासको मत लिने मुख्यमन्त्री यादव

वीरगन्ज-
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने घोषणा गर्नुभएको छ। जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले भोलि दिउँसो ३ बजे विश्वासको मत लिने तयारी पूरा भएको जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले मंगलबार दिउँसो प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको र सोही अनुसार विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा औपचारिक पत्र पठाइसकिएको बताउनुभयो। उहाँका अनुसार संविधानअनुसार आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ।

यसअघि सात दलका ७३ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार साँझ ८ बजे २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।

मुख्यमन्त्री यादवले बुधबार ३ बजे विश्वासको मत लिने तयारीबारे टिप्पणी गर्दै पूर्व मुख्यमन्त्री तथा लोसपाका नेता जितेन्द्र प्रसाद सोनलले उक्त कदमलाई राजनीतिक रूपमा अनैतिक करार दिनुभएको छ। गोप्य खबरसँग कुरा गर्दै सोनलले विश्वासको मत हासिल हुने कुनै सम्भावना नभएपछि पद केही घण्टा लम्ब्याउन मात्रै मुख्यमन्त्रीले यस्तो कदम चालेको आरोप लगाउनुभयो।

सोनलका अनुसार मुख्यमन्त्रीको कार्यालयले आज बिहान १० बजे आदेशपत्र प्राप्त गरेको भन्दै त्यसअनुसार बुधबार बिहान १० बजेसम्म विश्वासको मत लिनुपर्नेमा दिउँसो ३ बजेको समय तोक्नु आदेशको मर्मविपरीत भएको टिप्पणी गर्नुभयो।

भोलि प्रदेश सभामा सात दल सहभागी हुने–नहुने विषयमा प्रश्न गर्दा सोनलले दलहरुबीच छलफल भइरहेको र निर्णयअनुसार कदम चालिने जानकारी दिनुभयो।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस