२०८२ मंसिर १७ गते, बुधबार १८:२१

मुख्यमन्त्री अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित

जनकपुर –
मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव अनुपस्थित भएपछि आज २ बजेसम्मका लागि स्थगित भएको छ ।
मुख्यमन्त्री यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा उनको उपस्थिती नएपछि बैठक स्थगित गरिएको हो ।
प्रस्तावक स्वयम रहेका मुख्यमन्त्री यादव अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले दिउसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए ।
८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।

पोडकास्ट सुन्नुहोस