२०८२ चैत्र २२ गते, आईतवार २०:३३

मुख्यमन्त्री अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित

जनकपुर –
मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव अनुपस्थित भएपछि आज २ बजेसम्मका लागि स्थगित भएको छ ।
मुख्यमन्त्री यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा उनको उपस्थिती नएपछि बैठक स्थगित गरिएको हो ।
प्रस्तावक स्वयम रहेका मुख्यमन्त्री यादव अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले दिउसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए ।
८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस