२०८२ चैत्र २३ गते, सोमबार ०१:०८

बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न

वीरगन्ज-

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा वीरगन्ज महानगरपालिका–२ स्थित एम.इ.एस. सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीलाई लक्षित गरी बाल–विवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईले गरेका थिए। स्कुलका निर्देशक सामुदिन अहमदको विशेष उपस्थितिमा तथा प्रमुख अतिथीका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई सहभागी थिए।

प्रहरी निरीक्षक भट्टराईले बाल–विवाहलाई अपराध मात्र नभई गम्भीर सामाजिक समस्या भएको धारणा व्यक्त गर्दै विद्यार्थीलाई सचेत हुन तथा अरूलाई सचेत गराउन आग्रह गरे।
उनले भने,
“बाल–विवाह केवल कानुनी मुद्दा नभई जीवनभर असर पार्ने सामाजिक विकृति हो। शिक्षा, चेतना र परिवारको सही मार्गदर्शनले मात्र यसलाई अन्त्य गर्न सकिन्छ। प्रहरी समाजका सबै वर्गसँग साझेदारी गर्दै बाल–विवाह नियन्त्रणमा निरन्तर सक्रिय छ।”

उनका अनुसार कम उमेरमै हुने विवाहले किशोर–किशोरीको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था तथा भविष्यमा गहिरो असर पार्ने भएकाले समाजले यसलाई कडाइका साथ रोक्नुपर्ने आवश्यकता छ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो। सेवा केन्द्रका प्रतिनिधि तथा शिक्षकहरूले बाल–विवाहका जोखिम, कानून, रोकथामका उपाय तथा अभिभावक–विद्यार्थीको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

विद्यार्थीहरूले पनि बाल–विवाहविरुद्धका प्रश्न, जिज्ञासा र सुझाव राख्दै सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमले विद्यार्थीमा कानुनी प्रावधान, सामाजिक प्रभाव तथा भविष्यमा बाल–विवाह रोक्न अपनाउनुपर्ने व्यवहारगत परिवर्तनबारे महत्वपूर्ण चेतना फैलाएको स्कुल प्रशासनले जनाएको छ।

आयोजकहरूको अनुसार, यस किसिमका जनचेतनामूलक कार्यक्रमहरूले विद्यार्थी, विद्यालय तथा समुदायबीच प्रहरी–जनता साझेदारीलाई थप मजबुत बनाउने तथा बाल–विवाह अन्त्य अभियानमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस