२०८२ चैत्र २३ गते, सोमबार ०१:०७

दुर्गा प्रसाईँद्वारा हिन्दु धर्म, राजसंस्था र प्रत्यक्ष कार्यकारीबारे जनमत सङ्ग्रहको माग

काठमाडौँ –

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश व्यवस्था र प्रत्यक्ष कार्यकारी प्रणालीबारे जनमत सङ्ग्रहमा जाने प्रस्ताव अघि सारेका छन्।

अन्तरिम सरकारसँग विभिन्न मागहरू प्रस्तुत गरेको बताउँदै प्रसाईँले विवादास्पद विषयहरूलाई समाधान गर्ने एक मात्र लोकतान्त्रिक विकल्प जनमत सङ्ग्रह रहेको दाबी गरे। उनका अनुसार जनभावना बुझ्ने र मुलुकलाई स्थिरतर्फ उन्मुख गराउने उपायका रूपमा जनमत सङ्ग्रह आवश्यक छ।

प्रसाईँले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यो विषयमा छलफल भएको जानकारी दिँदै गृहमन्त्री मागप्रति सकारात्मक देखिएको दाबी गरे। उनका अनुसार आफूहरूले राखेका मागहरू मुलुक टुक्राउने वा अस्थिरता सिर्जना गर्ने चरित्रका नभई ‘राष्ट्रहित’मा आधारित छन्।

‘हामीले किराँत, बौद्धसहित वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषय जनमत सङ्ग्रहमा लैजाऔँ भनेका छौँ,’ प्रसाईँले भने, ‘यदि लडाइँ चाहिँदैन भने जनमत सङ्ग्रह नै विकल्प हो।’

माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको उल्लेख गर्दै उनले सरकार सकारात्मक नदेखिए आन्दोलन अपरिहार्य हुने चेतावनी दिए। ‘माग पूरा नभए आन्दोलन छँदै छ,’ उनले भने, ‘चित्त नबुझ्नेले आन्दोलन गर्ने हो, चित्त नबुझे हामी पनि आन्दोलनमा जान्छौँ।’

प्रसाईँले देशको हित र स्थायित्वका लागि जनमत सङ्ग्रहबाटै समाधान खोज्नुपर्ने आवश्यकता दोहोर्याए।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस