२०८२ चैत्र २३ गते, सोमबार ०१:०६

सात दलले भोलि मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने

काठमाडौँ –

सात दलको सहमतिमा भोलि (शुक्रबार) मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरिने भएको छ।

बिहीबार जनकपुरमा बसेको सात दलको बैठकले शुक्रबारभित्रै मुख्यमन्त्रीको नाम टुङ्गो लगाएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले जानकारी दिए।

मधेस प्रदेशको नयाँ सरकार गठनका विषयमा सात दलबीच जारी परामर्शलाई तीव्रता दिइएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी थिए।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरूले बहुमत जुटाउन सक्रियता बढाएका छन्।

सात दलले एकीकृत रूपमा सरकार निर्माण प्रक्रिया अघि बढाउने र शुक्रबारसम्म मुख्यमन्त्रीका लागि सहमति कायम गर्ने तयारी गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस