२०८२ चैत्र २३ गते, सोमबार ००:५३

कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने सात दलको सहमति

कृष्ण प्रसाद यादव मुख्यमन्त्री बन्ने पक्क

वीरगन्ज-

नेपाली कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सात दलबीच सहमति भएको छ।
जनकपुरका विभिन्न स्थानमा आज ९शुक्रबार० विहानैदेखि दलका नेताहरूबीच भएका घनिभुत छलफलपछि कांग्रेस नेतृत्वमै सात दल सरकारमै जाने निर्णय भएको हो।

सात दलको तर्फबाट आजै प्रदेश प्रमुखसमक्ष कांग्रेस नेतृत्वमा सरकार गठनको दाबी पेश गर्ने सहमति भएको बैठकमा सहभागी एक जना मधेस प्रदेशका प्रतिनिधि सभा सदस्यले गोप्यखबर लाई जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेस मधेस प्रदेश अध्यक्ष कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सातै दलका नेताहरूको सहमति जुटिसकेकोले केही बेरमै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई सरकार गठनको दाबी पेश गर्ने तयारी भइरहेको छ।

रिक्त रहेको सभामुख पद र मन्त्रालयहरूको बाँडफाँडबारेपछि थप छलफल गर्ने सहमति दलका नेताहरूबीच भएको स्रोतले जनाएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस