२०८२ चैत्र २३ गते, सोमबार ००:४९

पर्साको सखुवा प्रसौनीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस भव्य रूपमा मनाइयो

पर्सा-
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा २२औं ‘महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२’ भव्य रूपमा मनाइएको छ।

“स्वस्थ समुदायको निर्माण–महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारको अध्यक्षतामा सम्पन्न भयो।

दिवसका अवसरमा गाउँपालिकामा शुक्रबार बिहान एक वृहत सचेतनामूलक र्‍याली (प्रभातफेरी) को आयोजना गरियो। र्‍यालीमा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य सचेतना जगाउने प्लेकार्ड र ब्यानरसहित बजार क्षेत्र परिक्रमा गरेका थिए।

कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य शाखा प्रमुख रौनियारले समुदायको स्वास्थ्य सुधारमा स्वयंसेविकाहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले मातृ तथा शिशु मृत्यु दर घटाउन, खोप अभियान सफल बनाउन तथा समुदायमा स्वास्थ्य सचेतना फैलाउन स्वयंसेविकाले गरेको निरन्तर योगदानको प्रशंसा गर्नुभयो।

गाउँपालिकाको कार्यालयबाट सुरु भएको र्‍याली गाउँ परिक्रमा गर्दै पुनः कार्यालय परिसरमै आएर कोण सभामा परिणत भयो।
हरेक वर्ष डिसेम्बर ५ (मंसिर १९) का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा यो दिवस मनाइने गरिन्छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस