२०८२ चैत्र २३ गते, सोमबार ००:४६

हेटौडावासीको आन्दोलनमा वीरगन्जको ऐक्यबद्धता

वीरगन्ज-
सडक विस्तारको विरोधमा संघर्षरत ‘हेटौंडा बचाउन संघर्ष समिति’ को आन्दोलनप्रति ‘वीरगन्ज बचाउ संघर्ष समिति’ ले ऐक्यबद्धता जनाएको छ।

वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा शुक्रबार वीरगन्जमा बसेको बैठकले हेटौंडावासीको आन्दोलनप्रति औपचारिक ऐक्यबद्धता जनाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष गुप्ताले सडक विस्तार आवश्यक भए पनि सरकारले नागरिकको सम्पत्तिको उचित मुआब्जा नदिई बलजफ्ती अधिग्रहण गर्न खोजेको आरोप लगाए।
उहाँले भने, “हेटौंडाका वासिन्दा जग्गा दिन तयार छन्, तर सरकारले नागरिकको कुरा सुन्नै नखोजी एकतर्फी रूपमा घर भत्काउँदै सडक विस्तार गर्नु गलत हो।”

गुप्ताले हेटौंडावासीको सम्पत्ति जोगाउने संघर्षमा आवश्यकता परे वीरगन्जबाट सयौंको संख्या लिएर समर्थनका लागि हेटौंडा जान तयार रहेको पनि जानकारी दिए।

नेपाल सरकारले स्वयं जारी गरेको जग्गाधनी पुर्जालाई सरकारले नै अस्वीकार गर्न खोज्नु कानुनको शासन विपरीत रहेको उल्लेख गर्दै उनले नागरिकको सम्पत्ति अधिग्रहण गर्नुपरेमा उचित मुआब्जा दिएर मात्र गर्नुपर्ने माग दोहोर्याए।

बैठकमा वीरगन्ज महानगरपालिका वडा नं. १ का वडाध्यक्ष मनोज राउत कुर्मी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, सुरेन्द्रनाथ तिवारीलगायतको उपस्थिति रहेको थियो।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस