भारत/गोवा
गोवाको अरपोरा स्थित एक नाइट क्लबमा भीषण आगलागी हुँदा थुप्रै मानिसले ज्यान गुमाएका छन्। विस्फोटपछि सुरु भएको आगलागीले क्लबभित्र व्यापक भयावह अवस्था सिर्जना भयो। फायर ब्रिगेडको टोली जब आगो निभाएर क्लबभित्र छिर्दा चारैतिर शवहरू देखियो र उनीहरू समेत विचलित भए। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
विस्फोटपछि आगो, केही क्षणमै धेरैको मृत्यु
पञ्जिम अनुसार, अरपोरा स्थित नाइट क्लबमा भएको एक शक्तिशाली विस्फोटपछि आगो सल्किएको थियो। आगो फैलिएपछि त्यहाँ अफरा–तफरी मच्चियो। आगो निभाउन दमकल टोली घटनास्थलमा पुगेको थियो। दमकल र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएपछि जब उनीहरू भित्र प्रवेश गरे, उनीहरू भयचकित भए—भित्र धेरै शवहरू थुप्रिएका थिए।
बिशेषगरी किचन क्षेत्रमा धेरै शव फेला परेका थिए। मृतकमध्ये महिला तथा पुरुष दुवै थिए, जसमा पर्यटकहरू पनि समावेश थिए। रेस्टुरेन्ट तथा क्लबमा काम गर्ने स्थानीय कर्मचारीहरूसमेत घटनामा ज्यान गुमाएका छन्।
राति करिब ११ बजे आगलागीको सूचना
जानकारी अनुसार राति करिब ११ बजे पुलिस कन्ट्रोल रुममा आगलागीको खबर आएको थियो। खबर लगत्तै प्रहरी, दमकल तथा एम्बुलेन्स टोली घटनास्थलमा पुगेका थिए। आगो निभाउने प्रयास तुरुन्तै सुरु गरिएको थियो।
दमकल कर्मीहरूले बताएअनुसार भित्र प्रवेश गर्दा चारैतिर धुँवा र छरिएका शवहरू देखेर उनीहरू पनि स्तब्ध भए।
एक स्थानीय बासिन्दाले भन्यो, “पहिले ठूलो विस्फोटको आवाज आयो, त्यसपछि एम्बुलेन्स र प्रहरीका सायरन बज्न थाल्यो। जब हामी पुगेँ, तबसम्म आगो निकै फैलिएर जानिसकेको थियो।”
सबै शव बाहिर निकालियो
घटनाप्रति दुःख व्यक्त गर्दै बीजेपी नेता माइकल लोबोले भने, “गोवा सधैं सुरक्षित पर्यटकीय क्षेत्र मानिन्छ, तर यस्ता घटनाले गम्भीर चिन्ता उत्पन्न गर्छ।” उनले राज्यका सबै क्लब तथा रेस्टुरेन्टको सुरक्षा परीक्षण अनिवार्य गर्नुपर्ने बताए।
गोवा प्रहरी प्रमुख ९म्न्ए० आलोक कुमारका अनुसार, घटनाको खबर मिल्नेबित्तिकै उद्धार टोली पठाइएको थियो। क्लबभित्र रहेका सबै शव बाहिर निकालिएको छ। आगलागीको कारण अझै स्पष्ट भइसकेको छैन, तर यसको विस्तृत अनुसन्धान भइरहेको छ।
मुख्यमन्त्रीको संवेदना
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति संवेदना प्रकट गरे। उनले यो घटना गोवाको पर्यटन इतिहासकै गम्भीर घटनामध्ये एक भएको बताए।
मुख्यमन्त्रीले उच्चस्तरीय अनुसन्धान निर्देश गर्दै दोषीलाई कडा कारबाही हुने आश्वासन समेत दिए।
स्थानीय प्रशासनले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरिसकेको छ भने घाइते र प्रभावितका लागि सहायता केन्द्र स्थापना गरिएको छ।
घटनापछि अरपोरा क्षेत्रका क्लब तथा मनोरञ्जन स्थलहरूको सुरक्षा सतर्कता र निरीक्षण व्यवस्थाप्रति गम्भीर प्रश्न उठेका छन्।














