वीरगन्ज-
मधेस प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनकपुरमा आज आयोजित एक कार्यक्रमका बीच मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।
प्रदेश प्रमुख कर्णले आजै थप दुई जनालाई बिना विभागीय र एक जनालाई अर्थमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ । प्रदेश प्रमुख कर्णले नेपाली काँग्रेसका जैंगी राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष यादवलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ दिलाएका छन् भने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको रूपमा शपथ ग्रहण गराएका छन् ।
Post Views: 34















