२०८२ मंसिर २१ गते, आईतवार १८:४४

नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषा नन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज-

नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषा नन्द महाराजलाई वीरगन्ज वडा नम्बर ३ का बस्ने नदिन अन्सारीले एक भिडियोमार्फत आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
उनले वीरगन्जको माइस्थान मन्दिर प्रांगणमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफूले लामो समयदेखि हिन्दुहरूको पक्षमा काम गर्दै आएको हुनाले ज्यान मार्ने धम्की आएको बताए । उनले पत्रकार सम्मेलनमा एक भिडियो सार्वजनिक गरे, जसमा मुस्लिम पहिरनमा देखिएको एक युवकले हिन्दुहरूमाथि विभिन्न आपत्तिजनक कुरा गर्दै सन्तोषा नन्द महाराजलाई मारेको अवस्थामा भारतको रक्सौलको ट्रेनको पटरीमा फाल्ने धम्की दिएको छ ।

कार्यक्रममा बोल्दै सन्तोष नन्द महाराजले आफू पर्साको क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीको तर्फबाट चुनाव लड्ने र आफूलाई टार्गेट बनाइरहेको जानकारी गराए । साथै, यसै बारे आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा आवश्यक कानुनी प्रक्रिया गरी दोषीलाई कारबाहीका लागि प्रक्रिया समेत अगाडि बढाइसकेको बताए ।

पोडकास्ट सुन्नुहोस