जनकपुर-
मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गर्नुभएको छ ।
आईतवार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउनु हुँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताउनु भयो ।
मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नुभएको छ । उहाँले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्नेबताउनु भयो ।
उहाँले मधेस प्रदेशमा अब स्थायित्व कायम हुने बताउनु भयो ।
Post Views: 24















