२०८२ मंसिर २१ गते, आईतवार १८:४४

स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिक पक्राउ

सर्लाही-

स्रोत नखुलेको १२ लाख २९ हजार नेपाली रुपैयाँसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेका भारतको बिहार राज्य ग्राम पन्चायत सोनवर्षा वडा न २ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ब्रहम्पुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोबाट बि आर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकलमा आउदै गरेको अवस्थामा महतोलाई प्रहरीले पक्राउ गरेको छ। महतोको साथबाट हजारको ८ सय १४ थान, पाँच सयको ६ सय ७१ थान, सयको ७ सय १२ र ५० को एक सय ६६ थान नेपाली रुपैयाँ बरामद गरिको प्रहरीले जनाएको छ।पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान भइरहेको छ।

पोडकास्ट सुन्नुहोस