वीरगन्ज-
जिउ मास्ने बेच्ने मुद्दामा विगत २० वर्ष देखि फरार रहेका एक जना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने कसुर मुद्दामा २०६२ सालदेखि फरार रहदै आएका वीरगन्ज महानगरपालिका वडा नं. १९ निवासी सुरेश प्रशासद कलवारलाई प्रहरीले आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
२०६२ साल चत्रै १७ गते सावित विन्दवासनि गाँउविकास समिति वडा नं. ६ निवासी बृजेश प्रसाद कलवारले सुरेश विरुद्ध जाहेरी दर्ता गएपछि उनी फरार रहदै अएका थिए ।
नेपाल सरकारवादि रहेका मुद्दामा विगत २० वर्ष देखि फरार रहेका कलवार वीरगन्जमा भएको सुचनाको आधारमा उनलाई वीरगन्ज महानगरपालिकाको वडा नं. ९बाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका कलवारलाई जिल्ला अदालतमा उपस्थत गराई जिव मास्ने बेच्ने कसुर मुद्दामा अनुसन्धानलाई अगाडी बढाएको उहाँले बताउनुभयो।














