२०८२ चैत्र २० गते, शुक्रबार २२:५८

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान: वीरगन्जमा विद्यार्थीलाई जनचेतनामूलक प्रशिक्षण

वीरगन्ज –

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगञ्जमा एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको नेतृत्व र सहभागिता: सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा हरी खेतान बहुमुखी क्याम्पसका निमित्त कार्यालय प्रमुख रविन्द्र कुमार यादव, शिक्षिका रितिका जैशवाल लगायत अन्य शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।

प्रशिक्षण सत्रमा प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक विक्रम सुवेदीले लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था र अपराध रोकथामका उपायहरूबारे विस्तृत जानकारी गराउनुभयो।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले विद्यार्थीहरूलाई ट्राफिक सुरक्षा र पालना गर्नुपर्ने नियमहरूबारे प्रशिक्षण दिनुभएको थियो। जिल्ला प्रहरी कार्यालयका अर्विन्द केशरीले बालविवाहका कानुनी असर र समाजमा पर्ने यसको प्रभावबारे विद्यार्थीहरूलाई सचेत गराउनुभएको थियो।

 कार्यक्रममा सञ्चारकर्मी अभिलाष गुप्ता, सामुदायिक प्रहरीका प्रहरी हवल्दार कुमार बिक र प्रहरी जवान सतिराम परियारको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुश्मिता यादवले गर्नुभएको थियो।

हरी खेतान बहुमुखी क्याम्पसका कक्षा ११ र १२ का १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रमले सुरक्षित जीवनशैली, सचेतना र सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाएको थियो। लैङ्गिक हिंसा रोकथामका लागि यस्ता कार्यक्रमहरू विद्यार्थी र सरोकारवालाहरूका लागि अत्यन्तै उपयोगी भएको आयोजक संस्थाका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस