२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

नारायणी अस्पतालको अवस्थाप्रति स्वास्थ्यमन्त्री डा. शर्माको चिन्ता: सुधारका लागि पाँचबुँदे प्रतिबद्धता

वीरगन्ज –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम शर्माले सोमबार पर्सास्थित नारायणी अस्पतालको आकस्मिक स्थलगत अनुगमन गर्दै अस्पतालको खस्कँदो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री शर्माले आकस्मिक कक्ष, मेडिकल वार्ड, सर्जिकल वार्ड, र आईसीयू लगायतका विभिन्न वार्डहरूको निरीक्षण गरी सेवा प्रवाहको वस्तुस्थितिबारे जानकारी लिनुभयो।

अस्पतालको भौतिक अवस्था जीर्ण भएको र स्रोतसाधनको उचित उपयोग हुन नसकेको विषयमा मन्त्रीले प्रश्न उठाउनुभयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले सेवा प्रवाहमा देखिएका चुनौतीहरूबारे अवगत गराएपछि मन्त्री शर्माले नारायणी अस्पताल संघीय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। उहाँले स्रोतसाधन हुँदाहुँदै पनि स्वास्थ्य सेवा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै सुधारका लागि सबै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो।

मन्त्री शर्माले अस्पतालमा नर्सहरूको संख्या वृद्धि गर्ने, नयाँ भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाउने र बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, भवन निर्माणमा देखिएका समस्या समाधानका लागि भवन विभागसँग समन्वय गर्ने र दरबन्दी भए पनि स्वास्थ्यकर्मीहरू आउन नमान्ने समस्यालाई कार्यस्थलको वातावरण सुधारेर हल गर्ने उहाँको आश्वासन थियो।

अनुगमनका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस