२०८२ चैत्र २० गते, शुक्रबार २२:५७

रक्सौल–काठमाडौँ रेलमार्गको डीपीआर तयार, ३ घण्टामा यात्रा सम्भव हुने

काठमाडौँ-

नेपालको राजधानी काठमाडौँलाई भारतको बिहार राज्यको रक्सौलसँग जोड्ने महत्वाकांक्षी अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भएको छ। भारत सरकारको सहयोगमा बन्न लागेको यस परियोजनाको डीपीआर आगामी सन् २०२६ को जनवरी महिनामा नेपाल सरकारलाई हस्तान्तरण गरिने भारतीय रेलवेका अधिकारीहरूले जनाएका छन्।

यो रेलमार्ग निर्माणका लागि करिब २५ हजार करोड भारतीय रुपैयाँ (INR) बजेट अनुमान गरिएको छ। निर्माणपछि रक्सौलदेखि काठमाडौँसम्मको यात्रा समयमा उल्लेख्य कमी आउनेछ। हाल सडकमार्गबाट कम्तीमा ५ देखि ६ घण्टा लाग्ने यात्रा रेलमार्ग सञ्चालनमा आएपछि मात्र ३ घण्टामा पूरा हुनेछ। सडकमार्गको १३६ किलोमिटर दूरीको तुलनामा रेलमार्गको दूरी १४१ किलोमिटर हुनेछ।

भारतीय रेलवेको एजेन्सी कोंकन रेलवे कर्पोरेसन लिमिटेडले डीपीआर तयार गरिरहेको र झन्डै ८० प्रतिशत कार्य सम्पन्न भइसकेको अधिकारीहरूले बताएका छन्। अब चाँडै नै ट्र्याक निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइनेछ।

प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा कुल १३ वटा स्टेशन रहनेछन्। साथै, निर्माणका क्रममा ४२ किलोमिटर सुरुङ मार्ग र १२४ वटा पुल बनाइने कोंकनका अधिकारीहरूले जानकारी दिएका छन्। यो ब्रोडगेज रेललिङ्कमा रेलहरू १२० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्न सक्नेछन्।

रक्सौलबाट सुरु हुने यो रेलमार्ग जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै चोभार (काठमाडौँ) सम्म पुग्नेछ। यसले भारत र नेपालबीचको सम्पर्क सुधार गर्नुका साथै भविष्यमा भारतको राजधानी नयाँ दिल्ली र काठमाडौँलाई जोड्ने ‘दिल्ली–नेपाल ट्रेन सर्भिस’ को आधार पनि तयार गर्नेछ।

कोंकनका अधिकारीहरूका अनुसार, यो रेलमार्गमा यात्रुवाहक र मालबाहक दुवै रेल सञ्चालन हुनेछन्। चोभारसम्म मालबाहक रेलको पहुँच पुगेपछि नेपालमा भारत लगायत तेस्रो मुलुकबाट आउने मालसामानको ढुवानी खर्च निकै घट्ने विश्वास गरिएको छ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस