२०८२ चैत्र २० गते, शुक्रबार २२:५४

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं-

हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनान्छ । आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्रेरित गर्दछ । यस वर्षको नाराले भ्रष्टाचार विरुद्धको अभियानमा युवाको सक्रिय सहभागिताले भविष्य सुरक्षित र न्यायपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा प्रष्ट पार्दछ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ ।

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस